INSEC Online

📅 २०८३ जेष्ठ २२

इन्सेक लगायत सङ्घ संस्थाहरूद्वारा सिमेन्ट उद्योग विरूद्ध रिट दायर

इन्सेक लगायत सङ्घ संस्था र स्थानीय उद्योग पीडितहरूले प्रदूषण रोक्न माग गर्दै उच्च अदालत तुलसीपुरमा चैत ५ गते रिट दायर गरेका छन् ।

घोराही उपमनपा– ३ र ४ गोग्लीस्थित मानव बस्तीकै वीचमा उद्योग सञ्चालन गर्दा धुलो, धुवाँले स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेकोले मापदण्ड अनुसार उद्योग चलाउन माग गर्दै रिट दर्ता गरिएको हो । रिट निवेदनमा  नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वच्छ वातावरणमा बस्न पाउने अधिकार, खाद्य अधिकार तथा सूचनाको अधिकारलगायतको सम्मान हुनेगरी अन्तरिम आदेशको माग गरिएको छ ।

वर्षौदेखि मापदण्ड अनुसार सञ्चालन गर्ने भनेपनि त्यसो नगरिएको र स्वयं उद्योगले पनि वतावरण सङरक्षणमा गरेका कामबारे नागरिकहरुलाई सहज र नियमित सुसूचित गराउने व्यवस्था मिलाउन रिटमार्फत माग गरिएको छ ।

घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्ट उत्पादन गर्दा अपनाउनु पर्ने मापदण्ड पालना नभएको र धुलो, धुँवा फैलाउने काम भइरहेकाले अहिलेकै अवस्थामा प्रदूषणले समस्या पारेको र उद्योगले थप प्लान्ट वृद्धि गरिरहेको त्यसलाई पनि रोक्न माग गरिएको स्थानीय उद्योग पीडित भरतराज देवकोटाले जानकारी दिनुभयो ।

रिट निवेदन दिनेहरूमा स्थानीय उद्योग पीडितहरु भरतराज देवकोटा, बसन्तकुमार घिमिरे, दिलबहादुर घर्ती, तारा आचार्य, बलदेव घिमिरे, गिरीराज सुवेदी, जानकी घर्ती, विकास आचार्य, तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तर्फबाट विनोद केसी, फियान नेपालका तर्फबाट सुरेशकुमार गौतम, खाद्य अधिकार सञ्जाल दाङको तर्फबाट हुमा डिसी, सिसा नेपालको तर्फबाट साजिदा सिद्दिकी, अधिवक्ताहरू सुनिलकुमार श्रेष्ठ, विश्वजीत तिवारी, कुमार श्रेष्ठ, लोकबहादुर शाह, बलबहादुर चन्द, मणिराज आचार्य, मुकुन्दबहादुर राना, बसन्त गौतम रहेका छन् ।

अन्य

भिडियो