१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सर्लाही, हरिवन नगरपालिका–४ स्थायी घर भई कटारी नगरपालिका–४ मा बस्दै आएका ४० वर्षीय सागर कुँवरलाई चैत ५ गते १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश दीपक खनालको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७६ माघ २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ माघ २३ गते गरिएको थियो ।