२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले दैलेख जिल्ला सल्लेरी गाउँपालिका–२ स्थायी घरभई संघीय प्रहरी कार्यालय, भैरहवामा कार्यरत ४२ वर्षीय टेकबहादुर बस्नेत विरूद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २ गते उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर तीन वर्षदेखि बलात्कार गर्दे आएको र अन्तिम पटक फागुन १४ गते बलात्कार गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।