INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जलजला गाउँपालिका४ का ३२ वर्षीय रविन भन्ने रवि जिसीलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

 जिल्ला अदालत पर्वतका न्यायाधीश बलराम त्रिपाठीको चैत १ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी कसुरमा आरोपितलाई सात वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको पर्वत जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर थापाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

 पीडितलाई आरोपितले ०७७ जेठ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७७ असार ५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थियो ।

 इन्सेकसँगको समन्वयमा उजुरी दर्ता भएपछि पीडित महिलालाई इन्सेक  प्रतिनिधि मार्फत महिला सुरक्षा घरमा व्यवस्थापन गरिएको थियो ।

 पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई ०७७ असार ५ गते गिरफ्तार गरेर  जिल्ला अदालतबाट जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो ।

 जिल्ला अदालत पर्वतको आदेशले आरोपित ०७७ असार १७ गतेदेखि पुर्पक्षको लागि थुनामा थिए ।

 पीडितले अदालतको फैसला भएपछि आफूलाई न्याय पाएको महसुस भएको इन्सेक  प्रतिनिधिलाई फोन मार्फत बताउनुभयो । 

अन्य

भिडियो