INSEC Online

📅 २०८३ जेष्ठ २२

कथित बोक्सी आरोपमा वृद्धा कुटपिट घटनाका आरोपित गिरफ्तार

कथित बोक्सी आरोपमा ६० वर्षीया वृद्धालाई कुटपिट घटनाका दुई जना आरोपितलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ ।

६० वर्षीया वृद्धालाई कथित बोक्सी आरोप लगाउँदै फागुन २८ गते कुटपिट गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका–२ का ५० वर्षीय लखनलासिंह गन्गाई र १९ वर्षीया हैरानी गन्गाईलाई गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध फागुन २९ गते इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी दिएपछि आरोपितमध्येका दुई जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

सोही घटनाका आरोपित ६५ वर्षीय भीमलालसिंह गन्गाई, ६० वर्षीय जितनलालसिंह गन्गाई र २७ वर्षीय लक्ष्मीप्रसादसिंह गन्गाई फरार रहेको र उनीहरूको खोजी भइरहेको डिएसपी राईले बताउनु भयो ।

कुटपिटबाट पीडितको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ ।

पीडितको उपचार कोशी अस्पतालमा फागुन २९ गतेदेखि भईरहेको डिएसपी राईले बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा चैत १ गते बोक्सी आरोपमा शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी राईले बताउनु भएको छ ।

अन्य

भिडियो