INSEC Online

📅 २०८३ जेष्ठ २१

मालपोत कार्यालयमा भएको बम विष्फोटमा परी आठ जना घाइते

लहान नपा–८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा आएका सेवाग्राही र कर्मचारी गरी आठ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा बिष्णुपुर गाउँपालिका–३ का ३८ वर्षीय सोही कार्यालयका कर्मचारी नायव सुब्बा शिवकुमार यादव, सेवाग्राहीहरू भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव, धनगढीमाई नपा–४ का ३० वर्षीय दिनेश भण्डारी, गोलबजार नपा–६ की ३५ वर्षीया लक्ष्मी राणा, ३५ वर्षीया बेचनी मगर, गोलबजार नपा–४ की ३८ वर्षीया फुलकुमारी ठाकुर, लहान नपा–१६ का ४५ वर्षीय लालबाबु बिक र धनगढीमाई नपा–१३ का ८२ वर्षीय लेखनदास भोलाबहादुर पाचे मगर रहेका छन् ।
photo20210314siraha (1)
घाइतेहरूको उपचार लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान र सप्तऋषी अस्पतालमा भए पनि गम्भिर घाइते भएका दिनेश भण्डारीलाई सेनाको हेलिकप्टरले थप उपचारका लागि काठमाडौँ लगिएको छ भने शिवकुमार र फुलकुमारीलाई धरान रेफर गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपन दाहालले बताउनु भयो ।

घटनाबारे प्रहरीलाई जानकारी हुनासाथ घटनास्थलमा पुगी घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाउने काम गरिएको डिएसपी दाहालले बताउनु भयो ।
photo20210314siraha (3)
घटनास्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिए पनि घटनाको अनुसन्धान भइरहेको बताउँदै डिएसपी दाहालले आरोपितहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउने जानकारी दिनु भयो ।

मालपोत कार्यालय लहानका नायव सुब्बा राजन काफ्लेका अनुसार कार्यालयमा सेवाग्राहीहरूको भिडभाड हुन थालेको थियो, एक्कासी ठुलो आवाज आयोे, कार्यालय भरी धुवा नै धुवाले भरियो ।

‘मान्छे चिच्याएको आवाज सुनिएपछि तत्काल प्रहरीलाई खबर गर्‍यौँ ।’–काफ्लेले भन्नु भयो–‘कार्यालयमा रहेका फर्निचर, रजिष्टर, झ्यालहरूमा क्षति पुगेको छ ।

photo20210314siraha (2)

अन्य

भिडियो