सुवर्ण गाउँपालिका–७ चौरहिया टोलका ४५ वर्षीय नन्हक महतो नुनियालाई फागुन २४ गते तीन जना मिलेर हत्या गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा फागुन २५ गते दिएको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ ।
सुवर्ण गाउँपालिका–७ चौरहियाका ३५ वर्षीय सुधिर सिंह, सोही ठाउँका ४५ वर्षीय जगत पासवान र जगत पासवानको ३२ वर्षीय छोरा चन्दन पासवानले नुनियालाई घाँटिमा गम्छा बेरी हत्या गरेको भन्दै मृतककी २५ वर्षीया छोरी सिमा देवीले जिल्ला प्रहरी कार्यालयमा फागुन २५ गते किटानी उजुरी दिनु भएको छ ।
मृतकका ७३ वर्षीय दाइ रामसेवक महतोले न्यायका लागि पहल गरिदिन भनी इन्सेक बारा प्रतिनिधिलाई फागुन २८ गते निवेदन दिनु भएको छ ।
इन्सेक बारा प्रतिनिधि पौडेलले प्रहरी चौकी सनफुलवाका असई नगनारायणप्रसाद कुर्मीलाई भेटेर घटनाको अनुसन्धानको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको बताउनु भयो ।
आरोपितको पहिचान गर्न प्रयास गरिरहेको बताउँदै असई कुर्मीले शान्ति सुरक्षामा कमी आउन नदिने उल्लेख गर्नु भयो ।
कलैया अस्पतालका मेडिकल सपरिटेण्डेण्ट गौरव महतोले चैत १ गते पोष्टमार्टम रिपोर्ट तयार गर्ने बताउनु भयो ।