INSEC Online

📅 २०८३ जेष्ठ २२

संवैधानिक तथा कानुनी अधिकामा महिलाको पहुँच र चुनौती विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र शान्तिमालिकाको संयुक्त आयोजनामा फागुन २८ गते काठमाडौँमा संवैधानिक तथा कानुनी अधिकामा महिलाको पहुँच र चुनौती विषयक अन्तरक्रिया सम्पन्न
गरिएको छ ।

कार्यक्रममा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले घरघरबाट महिला हिंसाको अन्त्यको अभियान चलाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो–‘अहिले घटना सार्वजनिक हुने क्रम बढेको छ । तर, सबै घटनाका पीडित सार्वजनिक भएर प्रहरी तथा सञ्चारमाध्यमसम्म आउने वातावरण बनेको छैन ।’

photo20210312kathmandu (12)

राष्ट्रिय मानव अधिकार आयोगको संरक्षण महाशाखाका सहसचिव दिपकजङ्ग कार्कीले कानुन बनाएर मात्रै नहुने भन्दै यसको अक्षरस कार्यान्वयनमा जोड दिनु भयो ।

photo20210312kathmandu (7)

कार्यक्रममा अधिवक्ता मीरा ढुङ्गानाले अहिलेपनि महिलाको पहिचानको अधिकार नभएको भन्दै पहिचानको अधिकार पाए मात्रै समनताका कुरा गर्न सकिने बताउनु भयो ।

photo20210312kathmandu (4)

शान्तिमालिकाकी सल्लाहकार स्टेला तामाङले पितृसत्तात्मक संरचनाको अन्त्य अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले त्यसपछि मात्रै महिलाको अधिकार सुनिश्चित हुने बताउनु भयो ।

photo20210312kathmandu (8)

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले महिला तथा बालिकामाथि हुने हिंसाका घटना न्यूनीकरणका लागि सरोकारवालाबिच व्यापक छलफपल हुनु पर्ने आवश्यकता औँल्याउनु भयो ।

photo20210312kathmandu (1)

शान्तिमालिकाकी सल्लाहकार तुल्सालता अमात्यले पहिचानबिनाको अधिकार स्वीकार्य नहुने बताउनु भयो ।

सोही संस्थाकी सल्लाहकार सलोनी सिंहले महिलालाई पनि मानवका रूपमा स्वीकार गरेका दिन अरु समस्या आफैँ समाधान हुने बताउनु भयो ।

शान्तिमालिकाकी सल्लाहकार शर्मिला कार्कीले कानुनमा भएका व्यवस्थाको कार्यान्वयनमा भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नु पर्ने बताउनु भयो ।

photo20210312kathmandu (10)

photo20210312kathmandu (2)

photo20210312kathmandu (3)

photo20210312kathmandu (5)

photo20210312kathmandu (6)

photo20210312kathmandu (9)

photo20210312kathmandu (11)

अन्य

भिडियो