INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई फागुन २५ गते जन्म कैद सजाय सुनाएको छ ।

न्यायाधीश दीपक खनालको इजालसले कसुर गरेको ठहर गर्दै १२ वर्ष ६ महिना कैद र पीडितले पाउने गरी कसुरदारबाट २५ हजार क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी राजकुमार आचार्यले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

सोही फैसलाले पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ कसुरदारबाट असुल गरी जम्मा गर्न समेत आदेश दिएको छ ।

जन्मकैद सजायको फैसला भएपनि कसुरदार नाबालक रहेका कारण आधा सजाय मात्र भुक्तान हुने सूचना अधिकारी आचार्यले बताउनु भयो ।

अदालतले नबालक रहुञ्जेल बालसुधारगृह मै राख्न आदेश दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ असोज १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १ गते मौखिक  र २ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले असोज १ गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २ गते गरिएको थियो ।

अन्य

भिडियो