INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ र १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अमर मावि उरहरीका शिक्षक तुलसीपुर उपमनपा–११ का ५५ वर्षीय पदमबहादुर वलीलाई फागुन २६ गते गिरफ्तार गरेको छ ।

कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाई आरोपितले फागुन २३ गते कक्षा कोठामा दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले पठन पाठन रोकेर फागुन २६ गते विद्यालय परिसरमै प्रदर्शन गरेका छन् ।

शिक्षकमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेको विद्यालयका प्रधानाध्यापक पदम वलीले जानकारी दिनुभयो । पीडित पक्षले फागुन २७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन् ।

मौखिक जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितहरुको स्वास्थ्य परीक्षण फागुन २६ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो