चंखेलि गाउँपालिका –४ को तल्लो पालीस्थित स्वास्थ्य चौकीमा मङ्सिर महिनादेखि स्वाथ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
०७७ मङ्सिरको पहिलो हप्तामा चिसो छल्ने बहानामा घर गएका स्वास्थ्यकर्मीहरू हालसम्म नफर्किएपछिसेवा लिनबाट प्रभावित भएको चंखेलि गाउँपालिका–४ का विष्णु भक्त जैसिले बताउनुभयो ।
कर्मचारी नभएपछि तल्लो पाली र माथिल्लो पालीका ९५ घरदुरी १ घण्टा टाढाको दुरीमा रहेको चंखेली गाउँपालिका कार्यालयमा रहेको स्वास्थ्य संस्थामा गएर सेवा लिन बाध्य भएको स्थानीयले गुनासो गरेका छन् ।
स्वास्थ्य चौकीमा अनमी दुई, अहेव दुई, एचए एक, कार्यालय सहयोगी दुई जनाको दरवन्दी रहेको भए पनि हाल स्वाथ्य चौकी बन्द भएको जैसिको भनाई छ । उहाँका अनुसार तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी महिलाको उपचार गर्ने स्वाथ्यकर्मी नहुँदा सेवा पाउनबाट बञ्चित हुनुपरेको थियो ।
मौसम परिवर्तन भएसँगै ज्वरो आउने, टाउको दुख्ने, रूघाखोकि र झाडा पखाला जस्ता बिरामीहरूले सेवा नपाएर दैनिक फर्किन बाध्य भएको स्थानीयको दुःखेसो छ ।
स्वास्थ्य चौकी इन्चार्ज दत्त कृष्ण न्यौपाने कोभिड संक्रमित भएर जिल्ला बाहिर गएपछि उक्त स्वास्थ्य चौकी बन्द रहेको हुन सक्ने चंखेलि गाउँपालिका स्वास्थ्य संयोजक कालि बहादुर बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मी करार अन्तर्गतका भएकोले सबैलाई नियमित खट्नका लागि परिपत्र गरिएको छ ।’
