१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा जिल्ला धनगढी नगरपालिका–४ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका बस्ने २७ वर्षीय दुर्गानन्द चौधरीलाई प्रहरीले फागुन २४ गते गिरफ्तार गरेको छ ।
आरोपित चौधरीले बिभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै उदयपुर जिल्लाको गाईघाटदेखि कौशल्टारस्थित कोठामा ल्याएर फागुन ११ गतेदेखि १४ गतेसम्म पटक/पटक बलात्कार गरेको आरोपमा पीडित बालिकाले फागुन २१ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिनु भएको थियो ।
पीडित बालिकाको उजुरीको आधारमा प्रहरीले चौधरीलाई कौशल्टारस्थित कोठाबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण फागुन २१ गते काठमाडौँ मेडिकल कलेज दुवाकोटमा गरिएको छ ।