४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ्ग दूधकोशी गाउँपालिका-९ का ६८ वर्षीय खड्कबहादुर राईलाई फागुन १७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपिविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलालाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १७ गते गरिएको छ ।