INSEC Online

📅 २०८३ जेष्ठ २२

अनुशासनको नाममा विद्यार्थीमाथि दुर्व्यवहार

बेनिघाट रोराङ गाउँपालिका–५ विशालटारमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्यायनरत १ सय ५० जनाभन्दा बढी विद्यार्थीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै विद्यालय प्रशासनले दुर्व्यवहार गरेको छ ।

Photo20210306Dhading3आफूहरूले कुनै गल्ती नगर्दा पनि जथाभावि कपाल काटिदिएका कक्षा ९ मा अध्यायनरत जेनिश त्रिपाठीले बताउनु भयो । जबरजस्ती कपाल काट्ने क्रममा त्रिपाठीको आँखामा चोट लागेको छ । चोटका कारण आँखा सुन्निएको छ । कपाल काट्ने क्रममा केही विद्यार्थीहरूको टाउकोमा घाउ लागेको छ ।

विद्यार्थीहरूलाई विद्यालयले ०७७ फागुन २० गते १ सय ५० जनाभन्दा बढी विद्यार्थीको कपाल  काटेर घरमा गएर कपाल मिलाएर आउन भनिएको र आफूहरूले विद्यालयलाई अनुशासनमा राख्न यस्तो आग्रह गरिदिएको विद्यालय व्यवस्थापनमा खटिएका निर्माण समितिका प्रकाश विसुरालले बताउनुभएको छ ।

कपाल जथाभावि काट्ने क्रममा आनाकानी गर्ने ५० जना विद्यार्थीलाई कुटपिट समेत गरेको र आफूहरूलाई दुर्व्यवहार गरेको भन्दै पीडित विद्यार्थी त्रिपाठीले खबर सार्वजनिक गर्न फागुन २२ गते टेलिफोन मार्फत इन्सेक प्रतिनिधिसँग आग्रह गर्नुभएको छ ।

Photo20210306Dhading2शिक्षक रमेश रेग्मी र प्राधानाध्यापक रामेश्वर पोखरेलले  १ सय ५० विद्यार्थीको कपाल ठाउँठउँमा काटिदिनुका साथै ५० जना विद्यार्थीलाई कुटपिट समेत गरिएको पीडित विद्यार्थीले टेलिफोनबाट जानकारी दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक रामेश्वर पोखरेलले विद्यालयले अनुशासन कायम गर्न केही विद्यार्थीको कपाल मिलाइदिएको तर दुर्व्यवहार नभएको बताउनुभएको छ । बाहिर आएका आरोप झुटा भएको पोखरेलले बताउनुभएको छ ।

अन्य

भिडियो