१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बुबालाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको भन्दै छिमेकीहरुले फागुन २० गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा जानकारी दिएपछि प्रहरीले आरोपित बुबालाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । .
पीडित पक्षले आरोपितविरुद्ध फागुन २० गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २० गते चितवन जिल्ला अस्पतालमा भयो ।