११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन १७ गते कल्याणपुर नपा–३ का ५५ वर्षीय रामबृक्ष साफी धोबीलाई १८ वर्ष कैद तथा १ लाख रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ । न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले सो फैसला गरेको हो ।
पीडित बालिकालाई आरोपितले ०७६ असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार २४ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २४ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितलाई असार २४ गते घरबाटै गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित साउन १५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनायो ।