११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ र १३ वर्षीय बालकलाई फागुन १९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितद्वयले फागुन १८ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन १९ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरका उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।
पीडित स्वास्थ्य परीक्षण फागुन १९ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर गरिएको छ । भने थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।