INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग

यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूहबढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ ।

१३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको परिवारमा खानाको अभाव भएको छ । इटाँ  भट्टामा मजदुरी काम गर्दै आएका आरोपितले छोरीलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालयमोतिपुरमा ०७७ माघ २६ गते उजुरी दर्ता भएको थियो । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

पीडित बालिका र उनका तीन भाईबहिनीलाई आरोपितले मज्दुरी गरी पाल्दै आएका थिए । आरोपित गिरफ्तार भएपछि पीडितकी ७६ वर्षीय हजुरआमा र बालबालिका  असहाय रुपमा भोकभोककै असुरक्षित तरिकाले बस्न पर्ने अवस्था आएको छ ।

मुख्य सङ्रक्षकबाटै पीडित र असुरक्षित भएपछि साँझबिहान खाना समस्या हुनुको साथै पीडित सहित चार बालबालिका र वृद्धा हजुरआमा थप जोखिममा रहेका छन् ।

नेपालको संविधानको मौलिक हकमा शिक्षास्वास्थ्यखाद्य र आवासको अधिकारको व्यवस्था गरेको छ । यसलाई पुरा गर्ने मुख्य जिम्मेवारी र कर्तव्य सरकारको हो । भने यसको उपभोग गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो ।

माग पत्रमा बढैयाताल गाउँपालिकाले मानव अधिकार सम्बन्धी ऐन बनाएर कार्यान्वयनमा ल्याइसकेको अवस्था भएकोले पीडित बालिका र उनको परिवारलाई तत्कालिन र दिर्घकालिन रुपमाखाद्यआवासशिक्षा र स्वास्थ्य अधिकार सुरक्षित गर्न व्यवस्था मिलाई  मानव अधिकारको सम्मान गरी अभिभावकत्व लिन माग गरिएको छ ।

माग पत्र बुझ्दै बढैयाताल गाउँपालिकाकी उपाध्यक्षतथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले तत्कालै बैठक बसी यौन हिंसा पीडित बालिका र उनको परिवारलाई आवश्यक सहयोग गर्ने बताउनु भयो । बढैयाताल गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले कुनै पनि कारणले बेसहारा भएका बाल बालिकाहरूको व्यवस्थापनमा लागि स्थानीय तहले काम गर्ने योजना रहेको बताउँदै यसलाई अझ प्रभावकारी बनाउन योजना अगाडि बढाउने बताउनु भयो ।

माग पत्र मानव अधिकार निगरानी समूहका संयोजक हरिबहादुर घर्ती र इन्सेक जिल्ला प्रतिनिधि मानबहादुर चौधरीले हस्ताक्षर गरी बुझाउनु भएको थियो ।

अन्य

भिडियो