१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गण्डकी गाउँपालिका–४ का ८७ वर्षीय केदार प्रसाद देवकोटालाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितलाई फागुन १५ गते बाख्रा चराउन गएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध फागुन १६ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताउनुभयो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी आरोपितविरुद्ध जिल्ला अदालत गोरखामा जबरजस्तीकरणी शीर्षक अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते गोरखा अस्पतालमा भयो ।