INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी गर्भवती पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

लिखु गाविस-४ पुरानो गाउँकी २६ वर्षीया उर्मिला तामाङलाई माघ १३ गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति मानबहादुर तामाङलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

माघ १३ गते राती छिमेकीको घरमा भोज खाएर आएका तामाङ दम्पत्तिबिच सामान्य घरायसी विवादका कारण आरोपितले निर्घात कुटपिट गरेका कारण उर्मिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम कँडेलले जानकारी दिए । मृतक उर्मिला पाँच महिनाको गभर्वतीसमेत थिइन् ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्प्ताल त्रिशुलीमा ल्याइएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो