INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेगढी गहतेका ६५ वर्षीय मोहनीलाल खड्कालाई फागुन ७ गते गिरफ्तार गरेको छ ।

 पीडितलाई आरोपितले फागुन ६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण पचभैयाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ७ गते जिल्ला अस्पताल पाल्पामा गरिएको छ ।

अन्य

भिडियो