INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका, १८ वर्षीया र २१ वर्षीया युवतीलाई  जागिर प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले सुर्खेत जिल्ला गुर्भाकोट नपा–४ स्थायी घर भई बुटवल उपमनपा–५ पुरानो बसपार्कस्थित हिमालय रेष्टुरेण्ट एण्ड बारका सञ्चालक २९ वर्षीय रुकुम वलीलाई प्रहरीले माघ २७ गते गिरफ्तार गरेको छ ।

पीडितहरूलाई आरोपितले कात्तिक पहिलो हप्तादेखि हेटौडाबाट बुटवल ल्याई होटलमा राखेर यौन व्यवसायमा लगाएको र पैसा माग्दा कुटपिट गरी झगडा भएपछि गस्तीमा गएको प्रहरीले सोधपुछ गर्ने क्रममा घटना खुलेको थियो । पीडितहरूले इलाका प्रहरी कार्यालयमा माघ २७ गते उजुरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलले माघ २७ गते मानव बेचविखन तथा ओसार पसार सम्बन्धी कसुरमा कारबाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।

पीडितहरूको स्वास्थ्य परीक्षण माघ २७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

अन्य

भिडियो