१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१४ का २६ वर्षीय सञ्जय विकलाई माघ २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यायलयका डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।