INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खडग नपा–१० बेल्हाका ३९ वर्षीय सुधलाल भनिने शुभलाल सरदारलाई माघ २६ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले कसुर ठहर गर्दै सो सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।

जिल्ला अदालतको आदेशमा आरोपित ०७६ भदौ १९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा छन् ।

सरदारले ०७५ पुस २० गते र ०७६ साउन १८ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय, कल्याणपुरमा ०७६ साउन २६ गते उजुरी दिएपछि प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरेको थियो ।

पीडित महिलाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ साउन २७ गते स्वास्थ्य परिक्षण गरिएको थियो ।

सरदारकै भनाइमा धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गई ०७६ साउन १ गते चार महिनाको गर्भपतन गराएको र ०७६ फागुन २७ गते कञ्चनरुप पिप्राका सियाराम सरदारसँग भएको वैवाहिक सम्बन्ध पनि विच्छेद भएको पीडितले बताउनु भयो ।

अन्य

भिडियो