१४ वर्षीया बालिकालाई माघ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले हरिपुर नपा–६ हरिपुर बस्ने २४ वर्षीय सिकिन्द्र राय यादव विरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा माघ २४ गते उजुरी दिएको छ ।
आरोपित यादवविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा लिखित उजुरी दिएको पीडित बालिकाको बुवाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलंगवामा माघ २५ गते गरिएको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर विक्रम साहले जानकारी दिनु भयो ।