नेपाल पत्रकार महासङ्घले नेकपा ओली पक्षका कार्यकर्ताले माघ २३ गते नारयणहिटी अगाडि आयोजित सभाको समाचार सङ्कलन गर्न पुगेका पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ ।
माघ २३ गते महासङ्घका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत महासङ्घले सोही दिन काठमाडौँको नारायणहिटी अगाडि आयोजित आमसभाको समाचार सङ्कलन गर्न पुगेका कान्तिपुर दैनिककी पत्रकार बिनु सुवेदी र नयाँ पत्रिका दैनिकका पत्रकार दिपेश शाहीलाई ओली पक्षाका कार्यकर्ताले प्रेस पास देखाउँदा पनि समाचार सङ्कलनमा अवरोध गरेको जनाएको छ ।
‘स्वतन्त्र रुपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारहरुलाई लक्षित गरी समाचार सङ्कलनमा अवरोध खडा गर्दै गरिएको दुर्व्यवहारको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासङ्घ यो प्रेस स्वतन्त्रता विरोधी कदमको कडा शब्दा भत्र्सना गर्दछ ।’-विज्ञप्तिमा भनिएको छ ।
पीडित पत्रकार बिनु सुवेदीका अनुसार उक्त पक्षका कार्यकर्ताले समाचार सङ्कलनमा बाधा उत्पन्न गरी अगाडि बढ्न रोक लगाएका थिए ।