INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मुगुको कार्माराङ्ग गाउँपालिका–१ घर भई डोल्पामा ब्यापार गर्दै आएका ५३ वर्षीय कार्मा तामाङ्गलाइ ०७७ माघ २३ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७७ माघ १९ गते आफूलाई बलात्कार प्रयास गरेको भन्दै पीडितले सोहि दिन प्रहरी चौकी लिकुमा दिएको उजुरीका आधारमा लिकु र त्रिपुराकोट प्रहरी चौकीबाट खटिएर गएको टोलीले बन्तडीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु पाण्डेले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ माघ १९ गते जिल्ला अस्पताल डोल्पामा गरिएको डाक्टर मेलिना हमालले जानकारी दिनुभयो ।

अन्य

भिडियो