INSEC Online

📅 २०८३ जेष्ठ २१

मसाल जुलुस प्रदर्शनमा प्रहरीसँग झडप हुँदा एक जना घाइते

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड पक्षले धादिङबेसीमा माघ २१ गते गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा नेकपा कार्यकर्ता निलकण्ठ नगरपालिका-६ का ३५ वर्षीय लक्ष्मण रम्तेल घाइते भएका छन् । प्रहरीसँगको झडपमा टाउकोमा चोट लागेका घाइते रम्तेलको धादिङ अस्पतालमा उपचार भएको छ ।

photo202100204dhadingनेकपाले माघ २२ गते आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले धादिङबेसीमा मसाल बालेर बजार परिक्रमा गर्ने क्रममा नीलकण्ठ नगरपालिका-३ पुछारबजारमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

 

अन्य

भिडियो