१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नपा–७ मदनग्रामका ६५ वर्षीय बिरबहादुर गुरुङ्गलाई माघ १८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १६ गते घरमा तरकारी लिन बोलाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बवाले माघ १८ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएकोे इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।