INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका—१ भुरुवाका  २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई माघ १८ गते गिरफ्तार गरेको छ ।

फेसबुकबाट चिनजान भएपछि चिसापानीमा भेटघाट गर्न आएकी युवतीलाई आरोपितद्धयले आफन्तको घरमा लगेर बलात्कार गरेपछि आरोपितकै आफन्तहरुले इलाका प्रहरी कार्यालय, लम्कीमा माघ १७ गते राति खबर गरेपछि घटना स्थलबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लम्कीका सई ज्ञानेन्द्र चन्दले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते टिकापुर अस्पताल, टिकापुरमा गरी आफन्तको जिम्मा  लगाइएको सई चन्दले बताउनु भयो ।

अन्य

भिडियो