INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवघाट गाउँपालिका२ का १९ वर्षीय सुमन श्रेष्ठलाई सात वर्षपछि माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७० वैशाख ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी प्रहरीले आरोपितविरूद्ध जिल्ला अदालत तनहुँमा बलात्कार सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

घटनाको बेला नाबालक भएर अभिभावकको जिम्मा लगाइएका आरोपितलाई जिल्ला अदालत तनहुँले ०७० माघ ७ गते दोषी ठहर गर्दै ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि कैद भुक्तान नगरी फरार रहेका आरोपितलाई, अदालतबाट सजाय पाएर सजाय भुक्तान नगरी फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा ०७७ माघ १८ गते उनकै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले बताउनुभयो ।

आरोपितलाई ०७७ माघ १८ गतेनै अदालतमा पेश गरी सजाय भुक्तानको लागि कारागारमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

अन्य

भिडियो