INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो ।

पीडित महिलाले आफूलाई ०७७ असोज १५ गते जुगल गाउँपालिकाको बजारमा चार जनाले सामुहिक बलात्कार गरेको आरोपमा असोज १९ गते प्रहरीमा उजुरी दिनु भएको थियो ।

घटनामा संलग्न आरोपितहरू मध्ये  जुगल गाउँपालिका–४ मान्जे घर भएका २६ वर्षीय बिकास सिल्वाल र सोही गाउँपालिका–५ ढाडेका २४ वर्षीय सुन्दर श्रेष्ठलाई ०७७ असोज २४ गते प्रहरीले घरबाट गिरफ्तार गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १९ गते चौतारा अस्पतालमा गराइएको थियो । पीडितलाई चौतारा स्थित महिला पुनस्थापना केन्द्रमा राखिएको डिएसपी सापकोटाले बताउनुभयो ।

घटनामा संलग्न एक जना आरोपित अझै फरार रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो ।

अन्य

भिडियो