११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ १० गते छपकैयाबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको भनी आरोपितविरुद्ध पीडितका बाबुले माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी मनोजित कुँवरले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण बीरगंजको नारायणी अस्पतालमा माघ १० गते गरिएको छ ।