१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै सिरहा नपा–१३ का २१ वर्षीय रुपेश यादव र सिरहा नपा–५ का ३९ वर्षीय ब्रहमदेव महतोलाइ जिल्ला अदालतको माघ ७ गतेको आदेशले जनही पाँच वर्ष कैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको हो । बालिकालाई ०७५ साउन २१ गते बलात्कार गरेको भन्दै यादव र महतोविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा साउन २४ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन २४ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले दुवै जनालाई साउन २४ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतको आदेशमा यादव र महतो भदौ १८ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।