मकवानपुरगढी गाउँपालिका–२ की ४६ वर्षीया श्रीमाया गोलेको हत्या गरेको आरोपमा प्रहरीले माघ ५ गते श्रीमायाका पति ४६ वर्षिय देवराज गोलेलाई गिरफ्तार गरेको छ ।
श्रीमाया गोले घरमै मृत अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानको क्रममा उनका पतिको संलग्नता देखिएकोले गिरफ्तार गरी थप अनुसन्धान सुरु गरेको प्रहरी जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।
पीडित महिलाको माइती पक्षले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएको डिएसपी रानाले जानकारी दिनु भयो ।
शवको पोष्टमार्टम माघ ५ गते हेटौँडा अस्पताल हेटौँडामा गरिएको छ ।