INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–२ च्यादुकका ४५ वर्षीय छवाङ् छिमेल लामालाई माघ ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई पुस २९ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य प्रकास सुवेदीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २ गते जिल्ला अस्पताल हुम्लामा गरिएको अस्पतालका डाक्टर टसिआङ्जुक लामाले बताउनु भयो ।

अन्य

भिडियो