रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ ।
घरयासी विवादमा रमालाई उनका पतिले माघ ३ गते साँझ कुटोले प्रहार गर्दा घाइते भएकी रमालाई लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा माघ ४ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सई मोतिबहादुर खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितपक्षले माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितलाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।
शवको पोष्टमार्टम माघ ४ गते जिल्ला अस्पतालमा गरिएको छ ।