१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय लहानमा माघ ३ गते उजुरी दिएको पीडित पक्षले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा माघ ३ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले घटनाको जानकारी लगत्तै आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको बताउनु भयो ।