पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–८ सिमाडाका ३५ वर्षीय रामबहादुर विकलाई प्रहरीले पुस २० गते घरबाटै गिरफ्तार गरेको छ ।
घरमा कोही नभएको समय पारी पुस २० गते विहान बालिकालाई बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २० गते दैलेख जिल्ला अस्पतालमा भएको डाक्टर जिना सापकोटाले बताउनुभयो ।