७७ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका–५ होम्ताङका ४५ वर्षीय जयकुमार राईलाई पुस १९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पुस १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १९ गते गरिएको छ ।