६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-६ का ५९ वर्षीय खड्गबहादुर बिकलाई पुस १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस १५ गते यौन दुर्व्यवहार आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १६ गते इलाका प्रहरीका कार्यालय रामपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गातमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १६ गते गरिएको छ ।