२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला बागमती गाउँपालिका–४, झुरझुरेका ४३ वर्षीय विमल बि.क.लाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०७७ पुस २ गते डरत्रास देखाई बलात्कार गरेको भन्दै आरोपित बि.क.विरुद्ध पीडितले पुस १० गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो ।
आरोपितलाई पुस १३ गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख एवम् डिएसपी मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १२ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताउनु भयो ।