INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक कार्यकर्तालाई धम्की, न्यायका लागि प्रहरीमा उजुरी

जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकका ४० वर्षीय सामाजिक कार्यकर्ता सुशीलकुमार कर्णलाई पुस ९ गते राति फोनमा जथाभावी गालीगलौज गर्नुको साथै मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा पीडितले पुस १० गते उजुरी दिनु भएको छ ।

पुस ९ गते राति सुशील कर्णको ९८०३३०६९९ नम्बरमा मोवाइल फोनमा ९८२८०४३८८० र ९८१८८५२७३९ नम्बरबाट धम्की आएकाले जिल्ला प्रहरी कार्यालय धनुषामा शान्ति सुरक्षाको माग गर्दै आरोपितलाई कारवाही गर्न उजुरी दिएको इन्सेक धनुषा प्रतिनिधिलाई पीडितले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले फोनमा गालीगलौज र मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित कर्णले दिएको उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।

अन्य

भिडियो