३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–२ घर भई काठमाडौँ जिल्ला शंखरापुर नगरपालिका ६ सलम्बुटारमा झारफुक गर्दै आएका ४६ वर्षीय भीमबहादुर सुनारलाई प्रहरीले पुस ९ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित महिलाई झारफूक गर्ने बाहानामा बलात्कार गरेको उजुरीका आधारमा महानगरीय प्रहरी प्रभाग साखुँको प्रहरी टोलीले गिरफ्तार गरको इन्सपेक्टर जानुकादेवी खरेलले बताउनु भयो ।
पीडित महिलालाई आरोपित सुनारले पुस ८ गते साँझ झारफूकका लागि बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको इन्सपेक्टर खरेलले जानकारी दिनुभयो ।
इन्सपेक्टर खरेलका अनुसार आरोपितलाई महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ९ गते प्रसुति गृह थापाथलीमा गरिएको छ ।