INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बलात्कार घटनाका पीडित अपाङ्गता भएकी ३८ वर्षीया एकल महिलालालाई कानुनी उपचारमा सहयोग गर्न १० हजार रूपिँया प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघका जिल्ला सचिव नबिन शर्मा लगाएत सञ्चारकर्मीहरूको रोहबरमा नेपाल बार एसोसिएशनका जिल्ला अध्यक्ष माधवराज अधिकारीले पुस ८ गते सदरमुकाममा रकम हस्तान्तरण गर्नुभएको हो ।

पीडित महिलालाई मङ्सिर १० गते आठबीस नपा–१ का २८ वर्षीय नेत्र थापाले घरमै बलात्कार भएको भन्दै पीडित पक्षले मङ्सिर १६गते जिल्ल प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपित फरार रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजित सुनारले जानकारी दिनुभयो ।

शारीरिक रूपमा असक्त भएको कारण आफूले मजदूरी पाउनु पनि मुश्किल भएकोले घरखर्च र बालबालिकाको पठाई लेखाई गर्न कठिनाई भएको पीडित महिलाले इन्सेकलाई दुःखेसो सुनाउनुभयो ।

इन्सेकको सहयोग लिन सदरमुकाम आएकी पीडितलाई नेपाल बारका अध्यक्ष अधिकारी, इन्सेक प्रतिनिधि अमर सुनार, व्यापारी मनोज थापा र शुभचिन्तकहरूले नगद २२ सय रूपियाँ यातायात खर्च तथा स्वीटर र जुत्ता किनेर दिनुभएको थियो ।

अन्य

भिडियो