पुस ७ गते ७ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ७ हजार ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ४५ हजार ७ सय ९ जना निको भएका छन् । पुस ७ गते ९ सय ६६ जना निको भएका छन् भने निको हुनेको दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ७ गतेसम्म १ हजार ७ सय ९८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस ७ गते तीन जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ७ हजार ७ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि