INSEC Online

📅 २०८३ जेष्ठ २१

संसद जीवित रहेको आदेशको माग गरी चार सांसद सर्वोच्चमा

संसद विघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको जिकिरसहित नेकपाका चार जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पुस ७ गते सर्वोच्चमा रिट दायर गरेको सांसद कृष्णभक्त पोखरेलले इन्सेक अनलाइनलाई जानकारी दिनु भयो ।

सांसद पोखरेलले भन्नु भयो–‘संसद विघटन सम्बन्धमा हाम्रो संविधान कतै पनि बोल्दैन । संविधानमा नै नभएको व्यवस्थालाई प्रधानमन्त्रीले सिफरिस गर्नु र राष्ट्रपतिले सरकारको सिफारिसमा संसद विघटन गर्नु संविधान विपरीत छ । त्यसैले सो को खारेजीको माग गरिएको हो ।’

रिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गर्नु भएको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको भन्दै अझै संसद जीवित रहेको आदेश गर्न सर्वोच्चसमक्ष माग गरिएको छ ।

अन्य

भिडियो