INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबिवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई प्रलोभनमा पारी बालबिवाह गरेको आरोपमा प्रहरीले पुस २ गते तीन जनालाई गिरफ्तार गरेको छ ।

बालबिवाह गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ भुल्केका २३ वर्षीय दुलाहा आश्विन कोइराला, दुलाहाका बाबु ५८ वर्षीय पुष्प कोइराला र पीडित बालिकाकी आफन्त ताप्ली गाउँपालिका–५ रूपाटारकी ३४ वर्षीया राधा खड्कालाई गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई आरोपितहरूले मङ्सिर १९ गते प्रलोभनमा बिवाह गराएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी वेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अन्य

भिडियो