INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य केन्द्र पाँच महिनादेखि डाक्टर विहीन

बारेकोट गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा पाँच महिना देखि विशेषज्ञ डाक्टर विहीन बनेको छ ।

दरवन्दीमा रहेका डाक्टर सुदिपकिरण बस्नेत अध्ययन विदामा गएको र करार सेवामा रहेका डाक्टर नविन साहनीको ०७७ साउनमा सरुवा भएपछि लिम्सा स्वास्थ्य केन्द्र डाक्टर विहीन बनेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

सिंहका अनुसार पाँच महिना देखि डाक्टर सुदिपकिरण बस्नेत नआएपछि गाउँकार्यपालिकाको मङ्सिर २१ गतेको बैठकले डाक्टरलाई दिने सेवा सुविधा सबै कटौती गरेको छ ।

बारेकोट गाउँपालिकामा विभिन्न स्वास्थ्य संस्थामा रहेका  ५ वटा दरबन्दी मेडिकल अधिकृत, अहेब समेतको दरबन्दी खाली रहेको सिंहको भनाई छ ।

पोस्टमार्टमका लागि अहिले गाउँपालिकामा सुविधा नभएपछि झण्डै ७ घण्टाको दुरीमा पर्ने नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा शव पु¥याउनु पर्ने बाध्यता रहेको पनि सिंहको भनाइ छ ।

स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा गाउँपालिकाका सक्ला, रोकायगाउँ, नायकवाडा तथा रामीडाँडाका स्थानीयलाई निकै समस्या परेको स्थानीयको गुनसो छ । गाउँपालिकाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक करिब १ सय २० देखी एक सय ५० जना सम्म उपचार सेवा लिन आउने गरेका छन् ।

नेपाल सरकारको स्वास्थ्य नीति अनुसार सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अधिकृत, आफ्नै फार्मेसी, एक्सरे सेवा, इसीजी सेवा लगायत हुनुपर्ने हुन्छ तर लिम्सामा यी कुनै पनि सेवा उपलब्ध छैन ।

गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत गोविन्दबहादुर सिंहले डाक्टरको व्यवस्थापनका लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशमा अनुरोध गरिएको भएपनि पत्रको कुनै जवाफ नआएको बताउनु भयो ।

अन्य

भिडियो