INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैदको फैसला

तीन वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले मङ्सिर २४ गते १६ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद फैसला गरेको छ ।

न्यायाधीश खड्कबहादुर केसीको  इजलाशले उक्त फैसला गरेको जिल्ला अदालतका  श्रेस्तेदार  दुर्गाप्रसाद बस्यालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितलाई आरोपितले ०७६ जेठ २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले जेठ ३० गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको  साउन ६ गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २८ गते जिल्ला अस्पताल, पाल्पामा गरिएको थियो ।

अन्य

भिडियो